टीकापुरराजनीति

प्रविधि सृजनसिल युवा धिरेद्र सोडारी कैलाली १ र ५ बाट सिफारिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मौलिक जरोकिलो पार्टीका सर्वोच्च परिषद सदस्य युवा नेता एवं सूचना प्रविधि सृजनसिल युवा धिरेन्द्र चन्द सोडारी प्रतिनिधिसभातर्फ कैलाली १ र ५ बाट सिफारिस भएका छन्।

टिकापुर नगरपालिका-१ निवासी सोडारीलाई धनगढीमा पनि लामो समयदेखि सामाजिक कार्यमा संलग्न रहेको र उनको प्रभाव राम्रो रहेका कारण दुबै क्षेत्रबाट १ नम्बर मा सिफारिस गरिएको प्रदेश समिती महासचिव सावित्री गिरीले जानकारी दिइन्।

बिज्ञापन

सूचना प्रविधि विज्ञ एवम् उद्यमी समेत रहेका सोडारीले आफ्ना व्यवसायिक प्रतिष्ठान र उद्योगहरुमा सयौंलाई रोजगारी दिँदै आएका छन्। स्थानीय निर्वाचनदेखि नै युवाहरूले उम्मेदवारी घोषणा गर्ने र निर्वाचन परिणाम समेत आफ्नो पक्षमा ल्याइरहेको बेला सोडारीको उम्मेदवारीलाई विशेष रूपमा हेरिएको छ ।

कुनै राजनीतिक पार्टीले युवा र युग सुहाउँदो ज्ञान सीप भएको युवा उम्मेदवार उठाउने सम्भावना नभएको अवस्थामा जनताले आफूलाई नै रोज्ने कुरामा विश्वस्त रहेको सोडारीको भनाई छ । नेपाललाई आयातित सिद्धान्तको प्रयोगशाला बनाइएको कारण संकटै संकटको भुमरीमा फसेको बताउँदै मौलिक जरोकिलो पार्टीले मात्रै मौलिकतामा आधारित समृद्धि ल्याउने बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।