लैङ्गकि समानताको बलियो आधार,सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको बिस्तार” भन्ने मुलनाराका साथ बुधबार ११३ औ नारीदिवस सम्पन्न भयो

टीकापुर ,कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर-९ मा वडामा “लैङ्गकि समानताको बलियो आधार,सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको बिस्तार” भन्ने मुलनाराका साथ बुधबार ११३ औ नारीदिवस भब्यता कासाथ सम्पन्न भयो ।
उक्त कार्यक्रम महिला संजालकि अध्यक्ष गोमा साउदको अध्यक्षतामा भएको थियो भने संचालन अन्जु कूंवर गरिकी थिइन प्रमुख अतिथिको रुपमा कैलाली जिल्ला समन्वय समिति सदस्य दिलु विक को उपस्थित रहेको थियो।
बिशिस्ट अतिथि लाली ड.थारु अतिथि हरु शहरी स्वास्थ प्रमुख महन्स श्रीवास्तव, शान्ति पुनरस्थापना गृह परामर्श दाता दिपा बिष्ट ,लगायतको उपस्थिति रहेको थियो ।

सानाहातहरु नेपाल ,स्वास्तिक साना किसान वयवस्थापकका प्रतिनिधि तथा मुना घर्ती ,प्रहरी बरिस्ठ हवल्दार रण बहादुर थापा, प्रहरी हवल्दार गणेश धामी महिला स्वास्थ प्रमुख भगवती दवाडी ,को मन्तव्य सहित रहेको थियो भने स्वागत मन्तव्य बाट सानिया साउदले उपस्थित सबैलाई स्वागत गरेकी थिइन ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
