स्वास्थ तथा सरसफाइ

भारतको केरलामा पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट १ जनाको मृत्यु, २६५ संक्रमित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

केरलामा पछिल्लो २४ घन्टामा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको र दुई सय ६५ जनामा नयाँ संक्रमण देखिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ । भारतमा कोभिड–१९ का कूल सक्रिय संक्रमितको संख्या दुई हजार नौ सय ९७ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार भारतमा पाँच सय ९४ ताजा कोभिड–१९ संक्रमित रहेका थिए। त्यस्तै सक्रिय संक्रमितको संख्या बिहीबार दुई हजार तीन सय ११ बाट बढेर दुई हजार छ सय ६९ पुगेको थियो ।

बिज्ञापन

यसैबीच कोरोना भाइरसको नयाँ भेरिएन्ट देखा पर्न थालेसँगै बढ्दो चिन्ताका बीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का पूर्व प्रमुख वैज्ञानिक डा.सौम्या स्वामीनाथनले यो चासोको नभइ चिन्ताको विषय भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले सावधानी अपनाएर सचेत भने रहनुपर्ने बताए ।

‘हामीले सावधानी अपनाउन आवश्यक छ, तर यो भेरिएन्ट जेएन.१ गम्भीर छ वा मृत्युको कारक बन्न सक्छ भन्नेबारेमा सुझाव दिनका लागि कुनै तथ्यांक नभएकाले चिन्ता गर्न आवश्यक छैन,’ उनले भने, ’हामीले यसअघिको जस्तै सामान्य रोकथामका उपाय अपनाउने प्रयास गर्नुपर्छ भन्ने मलाई लागेको छ, हामी ओमिक्रोनसँग परिचित थियौँ, यो एउटै परिवारको भेरिएन्ट हो, त्यसैले धेरै परिवर्तन भएको छैन तर केही नयाँ परिवर्तन आएको छ । यसमाथि डब्लुएचओले ध्यान दिन आवश्यक छ ।’

डब्लुएचओले हालै जेएन.१ लाई चासोको एक प्रकारका रूपमा वर्गीकरण गरेको छ, यो यसको मूल वंश बिए.२.८६ भन्दा भिन्न छ । यद्यपि उसले हालका प्रमाणका आधारमा जेएन.१ ले उत्पन्न गर्ने समग्र जोखिम कम भएको बताएको छ । -एजेन्सी

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।