आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन सडकपुर बौनियाँद्वारा रक्तदान शिविरको आयोजना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सडकपुर बौनियाँ, १६ बैशाख । सन्त निरंकारी सत्संग भवन सडकपुर बौनियाँद्वारा रक्तदान शिविरको आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा बर्दगोरीया गाउँपालिका उपाध्यक्ष गणेशराज गीरी प्रमुख अथिती रहेका थिए भने बर्दगोरीया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गोविन्द बि.क, निरंकारी मण्डल नेपालका केन्द्रिय सदस्य तथा क्षेत्रिय सेवादल संचालक नर बहादुर बटाला विशिष्ट अथिति रहनु भएको थियो ।

बिज्ञापन

‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ भन्ने मुल सन्देशका साथ आयोजना गरिएको रक्तदान शिविरमा रक्तदाताहरु रगत दिन निकै उत्साहित देखिन्थे । रक्तदान पछि भवनमा सधैं आयोजना हुने साप्ताहिक सत्संगको सुरुवात गरिएको थियो ।

६५ प्वईन्ट रगत संकलन गरिएको उक्त रक्तदान कार्यक्रमको सभापतित्व भवनका मुखी बिजय सिंह कुँवरले गरेका थिए भने कार्यक्रमको सञ्चालन सेवादल प्रकाश भण्डारीले गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।