आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन घोराहीद्वारा रक्तदान शिविरको आयोजना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ्ग, १७ बैशाख । सन्त निरंकारी सत्संग भवन घोराहीद्वारा रक्तदान शिविरको आयोजना गरेको छ ।

गत शनिबार अर्थात १५ बैशाखमा मानव एकता दिवसको अवसरमा ‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ भन्ने निरंकारी बाबा हरदेव सिंह जी महाराजको अमूल्य सन्देशलाई कृतार्थ गर्दै घोराही स्थित निरंकारी सत्संग भवनमा दाङ्ग र रोल्पा जिल्लाको संयुक्त पहलमा रक्तदान शिविरको आयोजना गरिएको सन्त दिन बहादुर जि.सी. ले जानकारी दिनुभयो ।

बिज्ञापन

उहाँले सत्गुरु माता सुदीक्षा जी महाराजको अपार कृपाले सत्गुरु बाबा गुरबचन सिंह जी महाराज बलिदान हुनु भएको २४ अप्रेल १९८० को दिनलाई सम्झनामा १५ बैशाख २०८१ गते घोराही उप–महानगर पालिका वडा नं. १६ स्थित सन्त निरंकारी सत्संग भवनमा सन्त निरंकारी नेपाल शाखा दाङ्गकी मुखी शारदा जि.सी. को अध्यक्षतामा घोरोही उप–महानगर पालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आथिथ्यमा, घोराही उप–महानगर पालिका वडा नं. १६ अध्यक्ष तारा डांगी र सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य दल बहादुर रानाको विशेष आतिथ्यमा मानव एकता दिवस उत्साहका साथ मनाईएको छ ।

आफ्नो स्वईच्छाले रक्तदान गर्नेहरुमा ३८ जना महिला र २४ जना पुरुष गरेर जम्मा ६२ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

रक्तदान पछि नियमित रुपमा हुने साप्ताहिक साध सत्संगको कार्यक्रम भएको थियो जहाँ करीब २७५ जना सन्त–भक्तहरुको उपस्थित रहेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।