राजदेवीमा १५ हजार ४ बोकाको बलि
लोक कल्याणकारी विज्ञापन

जनकपुरधाम । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि चढाइएको छ ।
लोक कल्याणकारी विज्ञापन

यसवर्ष सप्तमी तिथिमै बलि चढाइएको हो । बिहीबार साँझ ८:३८ बजेदेखि बिहान ४:०५ बजेसम्म बलि दिइएको थियो । साढे सात घण्टामा १५ हजार ४ बोकाको बलि दिइएको महावीर युवा कमिटीका महासचिव चन्दन नागबंसीले बताए ।
लोक कल्याणकारी विज्ञापन

उनका अनुसार रसिदबाट १४ हजार ६५२ बलि चढेको छ । आयोजक कमिटीले ९ र सरकारी निकायबाट ९३ वटा बलि चढाइयो । यसबाहेक २५० वटा बोकाको बलि निःशुल्क चढेको छ ।
बिज्ञापन

मन्दिरमा बलि चढाउन प्रति बोकाको तीन सय रुपैयाँ आयोजकले उठाएको छ । बलि चढाएबापत ४३ लाख ९५ हजार ६ सय रूपैया संकलन भएको छ ।
गत वर्ष १५ हजार २५१ बोकाको बलि दिइएको थियो । निष्ठापूर्वक राजदेवी माताको पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

