खेलकुद

भारत ४६ रनमै अलआउट भएपछि…

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : न्युजील्यान्डविरुद्धको टेस्ट खेलमा भारत ४६ रनमै अलआउट भएको छ। बेंगलुरुमा टस जितेर ब्याटिङ गरेको भारतले ३१.२ ओभरमा अलआउट भएको हो।

भारतलाई न्युनतम रनमा समेट्न न्युजील्यान्डका म्याट हेनरीले ५ विकेट लिए। त्यस्तै विलियम वुराउर्केले ४ र टिम साउथीले एक विकेट लिए

बिज्ञापन

भारतका स्टार खेलाडीहरू डकआउट भएका थिए। विराट कोहली, सर्फराज खान, केएल राहुल, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन शून्यमै पेभेलियन फर्किएका थिए।

भारतका लगि रिसभ पन्तले सर्वाधिक २० रन बनाए भने ओपनर यजस्वी जैसवालले १३ रन बनाए। त्यस्तै कप्तान रोहित शर्माले २, कुलदीप यादवले २, जसप्रित बुमराहले १ र मोहम्मद सिरजाजले अविजित ४ रन बनाए।

भारतले यसअघि सन् २०२० मा अष्ट्रेलियाविरुद्ध सबैभन्दा कम ३६ रनमै अलआउट भएको थियो। त्यसअघि सन् १९७४ मा इंगल्यान्डविरुद्ध ४२, सन् १९४७ मा अष्ट्रेलियाविरुद्ध ५८ रनमा अलआउट भएको थियो। कम रनमै अलआउट भएपछि समर्थकहरूले सामाजिक सञ्जालमार्फत् खलाडीहरूको आलोचना गरिरहेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।