खेलकुद

जनकपुरको लगातार तेस्रो जित, पोखराको दोस्रो हार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ। बिहीबार पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले सात विकेटको क्षतिमा १३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको जनकपुरले १७.१ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेकाे हाे। लिगमा जनकपुरले लगातार तेस्रो जित निकाल्दा पोखराले दुवै खेलमा हार व्यहोरेको छ।

बिज्ञापन

यसअघि पोखरा चितवनसँग पराजित भएको थियो। जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई हराएको थियो। जनकपुर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

जनकपुरका लागि लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन बनाए। उनले ३२ बलमा आठ चौका प्रहार गरे। आसिफ शेखले ३४ बलमा ३३ रनको योगदान गरे। आक्रामक बनेका जिमी निसमले २९ बलमा पाँच छक्कासहित अविजित ४० रन बनाए।

यसअघि पोखराका लागि मार्क्स क्रिचलीले ३० बलमा सर्वाधिक ३५ रन बनाएका थिए। आन्द्रेस गोसले २०, रेमन रेइफरले १७ बनाउँदा  लिस्क माइकलले २५ रन बनाएका हुन् । हर्ष ठाकरले १३ रनमा अविजित रहे । 

बलिङतर्फ जनकपुरका लागि स्पिनर ललित राजवंशीले चार ओभरमा तीन विकेट लिए । जिमी निसमले दुई विकेट लिएका हुन्। किसर महतो र मोहम्मद होमसिनको नाममा एक विकेट रह्यो । 

आज नै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडौं गुर्खाज भिड्दै छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।