खेलकुद

सानदार जितसहित बार्सिलोना अन्तिम-१६ मा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । बारबास्ट्रोलाई ४-० गोलले पराजित गर्दै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ ।

शनिवार राती भएको खेलमा बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्की, पाब्लो टोरे र एरिक गार्सियाले गोल गरे ।

बिज्ञापन

खेलको २१ औँ मिनेटमा गार्सियको गोलले अघि बढेको बार्साको लागि ३१ र ४७ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै अग्रतालाई फराकिलो बनाईदिए र ५६ औँ मिनेटमा टोरेले गरेको गोल अन्तिम गोल बन्यो ।

कोपा डेल रे अन्तरगत शनिवार राति नै भएको अन्य खेलहरूमा रियल बेटिस, ओसियना, अल्मेरिया र एथलेटिको मेड्रिड विजयी भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।