आस्था /आध्यात्म

कपिलवस्तुको परसोहियामा सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कपिलवस्तु, ७ फागुन । कपिलवस्तुको परसोहियामा सत्संग सम्पन्न भएको छ ।

विजयनगर गाउँपालिका–७ परसोहियामा आयोजना गरिएको बृहत सत्संग कार्यक्रमलाई सम्वोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय कोषाध्यक्ष एवं ज्ञान प्रचारक कृष्ण कन्हैया पाठकले भन्नुभयो कि मनुष्य जस्तो अमूल्य शरीर पाएर पनि सत्गुरुको चरणमा आएर जसले परमात्मालाई जानेन, यो जीवन रुपी डुंगाको पतवा गुरुको हातमा दिएनौ भने मानव जीवन पाएको व्यार्थ छ । गीतमा भगवान श्रीकृष्णले पनि भनेका छन् कि यो शरीर नौका हो, यसभित्र बसेको आत्मा यस नौका रुपी शरीरमा सवार छ । यस शरीरको पतवारलाई गुरुको हातमा सुम्पेपछि गुरु यस जीवन रुपी नौकाको खेवनहार बन्ने छ र मैले त्यसलाई लक्ष्यतिर धकेल्ने छु । जसबाट मानव जीवन भवसागर पार हुने छ । यति सुविधा हुनुको वावजूद पनि मनुष्यले यस प्रति आफ्नो पाईलालाई अगाडि बढाउँदैन भने मानव जीवन पतनको बाटोतिर लाग्ने छ । यहि सन्देश सत्गुरुको रहेको छ, उहाँले सम्झाउनु भयो ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो कि भगवानले पनि भनेका छन् कि जसले मानवको सेवा गर्छ त्यसले मेरो सेवा गरिरहेको हुन्छ । भनिएको पनि छ– ‘नर सेवा नारायण सेवा’ । दिन–दुःखीको सेवा–सत्कार गर्नुबाट जीवनमा आनन्द–उत्साह आउँछ । हामीले तन मन धनले सबै मानव प्राणीको सेवा गर्नु पर्छ उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रममा राजु, पिताम्बर नाथ तिवारी, शिव प्रसाद, सन्तोष विश्वकर्मा, कैलासी, शौकी लाल, प्रमिला, बनारसी, बब्लु, मुखी अम्बर दास, गोपाल, नीलम, राजेन्द्र, श्रीराम, गोपी, मनोज, राम नारायण, शिवलाल चौधरी, सुकई, कृष्ण चौहान, गोपाल, द्रोपती, मोती लाल, बृज मोहन, मुराती, नीलम, शुरुमा र वुन्देश्वर चौहानले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन राजेन्द्रले गर्नु भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।