स्वास्थ तथा सरसफाइ

सन्त निरंकारी सत्संग भवन भीरकोटमा ६७ युनिट रगत संकलन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैशाख, १३ स्याङ्जा । सन्त निरंकारी सत्संग भवन भीरकोटमा ६७ युनिट रगत संकलन गरिएको छ ।

सन्त निरंकारी मण्डल नेपाल, बयरघारी शाखाले शनिबार आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा ६७ युनिट रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा संचालन भएको उक्त रक्तदान कार्यक्रममा ४२ जना पुरुष र २५ जना महिलाले रक्तदान गरेको भवनका मुखी भिम बहादुर थापाले जानकारी दिनुभएको छ ।

बिज्ञापन

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दहथुम उपशाखा, भीरकोट जेसिज र लायन्स क्लब अफ भीरकोटले सहकार्य र समन्वय गरेको भवनका पूर्व मुखी याम बहादुर के.सी. ले जानकारी दिनुभयो । उहाँका अनुसार निरंकारी मण्डल नेपाल बयरघारी शाखाले मानव एकता दिवसको अवसर पारेर वि.स.२०६४ देखि निरन्तर रक्तदान कार्यक्रम आयोजना गरिरहेको छ । सत्गुरु बाबा हरदेव सिंह जीको “रगत नालीमा होइन, नाडीमा बगाऔं” भन्ने महान वाक्यका साथ संस्थाले हरेक वर्ष विश्व मानव एकता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ । संकलित रगत जिल्ला अस्पताल स्याङ्जाको ब्लड बैंक र रक्त संचार केन्द्र पोखरा पठाइने नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले जानकारी दिएका छन् ।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले निरंकारी मण्डलले निरन्तर रक्तदान कार्यक्रम गरेर मानव सेवाको क्षेत्रमा उदाहरणीय कार्य गरेकोमा प्रशंसा गर्नुभएको छ । रक्तदान कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदै उहाँले धर्मले सबैलाई मानव एकताको पक्षमा उभ्याएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

मानव एकता दिवसको पूर्व सन्ध्यामा संस्थाले बयरघारी बजारको सरसफाई समेत गरेको थियो । संस्थाले हरेक वर्ष अपे्रल २४ का दिन विश्व मानव एकता दिवस मनाउँदै आएको छ । सन्त निरंकारी मण्डल नेपाल शाखाले दहथुमदेखि ओडारेसम्मको सिद्धार्थ राजमार्गको दायाँ–बायाँ सरसफाई गरेको थियो । ‘हाम्रो रहर सफा भीरकोट शहर, स्टोप पोलुसन बिफोर इट स्टोप्स यू’, ‘सफा मन र स्वस्थ मनका लागी स्वच्छ वातारण’ लेखिएका चेतनामूलक व्यानर र प्लेकार्ड सहित बालबालिकाहरुले पनि सरसफाइमा सक्रिय सहभागिता जनाएका थिए । सरसफाई कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका सदस्यहरु, भीरकोट नगरपालिकाका प्रमुख गोबिन्द कुमार कर्माचार्य, प्रवक्ता दिपेन्द्र के.सी., नेपाल रेडक्रस सोसाइटी, दहथुम उपशाखा, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्याल, दहथुम प्रहरी चौकीका प्रहरी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।