लम्कीको मोतिपुरमा वृहत सत्संग तथा रक्तदान कार्यक्रम सम्पन्न

लम्की (मोतीपुर), १३ बैशाख । लम्कीको मोतिपुरमा वृहत सत्संग तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा क्षेत्रिय सेवादल संचालक नर बहादुर बटालाको प्रमुख अथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा नर बहादुर बटालाले भन्नुभयो कि सन्त निरंकारी मिशनले मानव एकता दिवस नेपालमा मात्र नभएर पूरा विश्वमा आफ्नो समय अनुकूल मनाउने गरिन्छ । सन् २४ अप्रेल १९८० का दिन तत्कालिन बाबा गुरबचन सिंह जीलाई उहाँका विरोधी तत्वहरुले आफ्नो गोलीको शिकार बनाएको दिनलाई सन्त निरंकारी मिशनले मानव एकता दिवसको रुपमा मनाउँदै आएको छ, उहाँले बताउनुभयो ।


सत्गुरु बाबा हरदेव सिंह जी महाराजले उक्त दिनमा रक्दानको आयोजनागरि मानवको जीवन बचाउने कार्यतिर अग्रसर हुनुपर्छ भन्ने प्रेरणा दिनुभएको थियो । त्यसै दिनदेखि बाबा जीको कथन ‘रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ’ भन्ने महान उद्गारलाई आत्मसाथ गर्दै समय–समयमा रक्तदान गर्दै आएको कुरा प्रष्ट पार्नु भयो ।

उहाँले रक्तदान मार्फत मानवलाई मानवसंग जोड्न सकिन्छ किनभने एक–अर्काको रगत एकापसमा फैलिन्छ तब हामी सबै एक परिवारको नातामा गाँसिन पुग्छौ । पूरा विश्व एक परिवार हुन्छ । त्यही विशाल सोचलाई बाबा जीले रक्दानको थालनी गर्नुभएको हो, उहाँले बताउनुभयो ।

आजभोलिका समाजका युवा–युवतीहरु लागु पदार्थ, दुव्र्यसनतिर आकर्षित भइरहेका छन्, जसबाट उनीहरुको जीवन अकालमा बितिरहेको छ । समाजमा नकारात्मक बिसंगी र बिकृति फैलिरहेको छ । आज त्यसको रोकथामको लागि मानवलाई मानवसंग जोड्न सत्गुरु माता सुदीक्षा जी महाराजले विश्व कल्याण यात्रा गरिराख्नु भएको छ, उहाँले बताउनुभयो ।

रक्तदान कार्यक्रममा १४ पुरुष तथा १३ महिलागरि २७ जना सन्त महापुरुषहरुले रक्तदान गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.