खेलकुद

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको गति सुस्त, साढे १० करोड रकम फ्रिज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१२ साउन, चितवन । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि गत आर्थिक वर्षमा विनियोजन भएको साढे १० करोड रकम फ्रिज भएको छ ।

रंगशाला निर्माणको जिम्मा लिएको हिमायन कालिञ्चोक बीबीआर जेभीले समयमा नै कामको गति बढाउन नसक्दा रंगशालाका लागि संघीय सरकारबाट विनियोजन गरिएको रकममध्ये ७ करोड ३४ लाख ३० हजार १ सय ६५ र बागमती प्रदेश सरकारबाट विनियोजन गरिएको ३ करोड २० लाख रकम फ्रिज भएको हो ।

बिज्ञापन

संघीय सरकारले गत आर्थिक वर्ष २५ करोड रकम रंगशाला निर्माणका लागि विनियोजन गरेकोमा १७ करोड ६५ लाख मात्रै खर्च भएको छ । यस्तै बागमती प्रदेश सरकारले १० करोड रकम विनियोजन गरेकोमा ६ करोड ८० लाखको मात्रै काम भएको छ ।

गत आर्थिक वर्षमा रंगशाला निर्माणमा जम्मा ६९.८७ प्रतिशत रकम खर्च भएको छ । निर्माण कम्पनीले ३ वटा रनिङ बिलबाट १७ करोड ६५ लाख ६९ हजार ८ सय ३४ रुपैयाँ भुक्तानी लिएको छ भने पेश्की स्वरुप १३ करोड ६० लाख रकम अघिल्लो आर्थिक वर्षमा नै लिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।