राष्ट्रिय समाचार

अमेरिकाद्वारा नेपालमा मानवअधिकारको अवस्था सुधार नभएको प्रतिवेदन सार्वजनिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । अमेरिकाले नेपालको मानव अधिकारको स्थितिमा सुधार नआएको प्रतिवेदन सार्वजनिक गरेको छ । विदेश मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन गैरन्यायिक हत्या, गैरन्यायिक हिरासत, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता लगायतका मानकमा नेपालको स्थिति सुधार नभएको औल्याएको छ ।

सरकारले प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि पर्याप्त कदम नचालेको समेत प्रतिवेदनमा उल्लेख छ । नेपालको संविधानले अभिव्यक्ति तथा वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता सुनिश्चित गरे पनि यसको कार्यान्वयन कमजोर रहेको अमेरिकाले जनाएको छ ।

बिज्ञापन

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगका लागि आवश्यक कानूनपारित गराए पनि कानूनअनुसार काम अघि बढाउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा नेपालले शरणार्थीहरूको सुरक्षा गर्न नसकेको, बालविवाह रोक्न नसकेको लगायतका विषय पनि समावेश छ । नेपालले श्रमिकहरूको हक सुनिश्चितका लागि श्रम ऐनको प्रभावकारी कार्यान्वयन नभएको पनि प्रतिवेदनमा औल्याइएको छ । सरकारले मानवअधिकार उल्लंघन गर्ने अधिकारीहरूमाथि अनुसन्धान गर्न कदम चाले पनि दोषी ठहरिएका अधिकारीहरूलाई सजाय दिलाउन नसकेको प्रतिवेदनको निष्कर्ष छ ।

यो वर्ष पनि सरकार र त्यसअन्तर्गतका निकायबाट गैरन्यायिक हत्या भएको पनि प्रतिवेदनको ठहर छ । कोशी प्रदेशको नामाकरणको विषयमा आन्दोलन चर्किँदा पदम लिम्बू र कैलाली कारागारमा सुनिल शाही मारिएको विषय समेत प्रतिवेदनमा समेटिएको छ । यस्ता घटनामा मानवअधिकार आयोगमा सुरक्षा फौजविरुद्ध कुनै उजुरी नपरेको समेत प्रतिवेदनमा जनाइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।