सन्त निरंकारी सत्संग भवन भाइन्दरमा विशाल सत्संग सम्पन्न

मुम्बई, ७ भाद्र । सन्त निरंकारी सत्संग भवन भाइन्दरमा विशाल सत्संग सम्पन्न भएको छ ।

उक्त अवसरमा नेपालबाट आउनु भएका सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले भन्नुभयो कि भक्ति के हो यसको बारेमा हामी सबैलाई थाह नै छ, भक्ति गर्नुबाट हामीलाई के प्राप्त हुन्छ र भक्तिको नाम के हो ? यसको बारेमा रामायण, गीता, महाभारत आदि धर्म ग्रन्थमा उल्लेख गरेको हामी पाउँछौ । सेवा, सत्संग, सुमिरणबाट नै हामी भक्तिलाई प्रगाढ बनाउन सक्छौ । यसबाट नै हामीले भक्ति गरेको सार्थक हुन्छ । भक्ति कसरी गर्नु पर्छ, भक्ति गर्दा हाम्रो जीवनमा कस्तो बदलाव आउँछ त्यसको बारेमा सही जानकारी हामीलाई सत्संगमा नै प्राप्त हुने गर्दछ । आज हामीलाई सत्गुरु माता सुदीक्षा जी महाराजको असिम कृपाबाट सेवा, सत्संग, सुमिरण गर्ने सुनौलो मौका मिलेको छ । हामीले यसलाई हरपल गर्दै जानु छ, उहाँले बताउनु भयो ।


उहाँले अगाडि भन्नुभयो कि आज संसार मायाको फेरोमा अल्झिएको छ, त्यसैलाई आफ्नो जीवनको उद्देश्य सम्झेर बसेको छ । जसले गर्दा उसले अमूल्य मानव जीवनलाई व्यार्थमा बिताई रहेको छ तर आज सत्गुरुको कृपाबाट हामीलाई ब्रम्हज्ञानको दात प्राप्त भएको छ, यसलाई सधैं जीवनमा अंगालेर अगाडि बढ्नु छ, उहाँले सम्झाउनु भयो ।

सत्गुरुले हामीलाई सुमिरण रुपी अमूल्य औषधि दिनु भएको छ । यदि हामी हरपल प्रभुको सुमिरण गर्छौ भने त्यसले हाम्रो जीवनमा कहिल्यै दुःख–दुविधा आउन दिदैन । सत्गुरुले हामीलाई ‘तूहि निरंकारी, मै तेरी शरणा, मैनु बक्स लो’ को औषधि दिनु भएको छ । निस्वार्थ भावले सुमिरण गर्दै जीवन बिताउनु पर्छ, यसबाट नै जीवन सहज बन्न जान्छ, उहाँले बताउनु भयो ।
सत्संग कार्यक्रमा स्थानीय सन्त–भक्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.