टिकटकर आँचल नाथको रहस्यमय मृत्यु

धनगढी।बिहीबार जलेको अवस्थामा भेटिएकी २२ वर्षीया टिकटकर आँचल नाथको मृत्यु भएको छ।
उनको शनिबार दिउँसो करिब १ बजे उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको हो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ घर भएकी आँचल काठमाडौँको पेप्सीकोलामा बस्दै आएकी थिइन्।बिहीबार साँझ ४ बजे जडिबुटी नजिकै उनी पेट्रोल छर्किएर आगो लागेको अवस्थामा भेटिएकी थिइन्।
स्थानीयले उद्धार गरी उनलाई काठमाडौँ मेडिकल कलेज पुर्याएका थिए।अस्पतालका अनुसार उनको शरीर पूर्णरुपमा जलेको थियो र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर दुई दिनपछि उनको निधन भयो।
आँचलको शवलाई हाल त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।उनी आफैंले पेट्रोल छर्किएर आत्मदाह गरेको वा कसैले जलाएको भन्ने विषयमा यकिन खुलेको छैन।
अनुसन्धानका क्रममा प्रहरीले एक महिला सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।तर आँचलका बुबा ५५ वर्षीय दशरथ नाथले छोरीको हत्या भएको दाबी गरेका छन्।
उनका अनुसार छोरीको जलेको घटना संयोग मात्र नभई योजनाबद्ध भएको हो।उनले भने, “छोरी आत्मदाह गर्ने भए कोठामै गर्थी, किन जडिबुटी पुग्थी र दशरथका अनुसार छोरीको सोही महिलासँग अघिल्लो महिनामा पनि झगडा भएको थियो र प्रहरीमा मिलापत्र भएको थियो ।
बुबाको भनाइमा, ती महिलासँग झगडा भएकै ठाउँमा छोरीलाई आगो लगाइएको छ।आँचल घरकी कान्छी छोरी थिइन् । उनी करिब दुई वर्षदेखि विदेश जाने तयारीमा काठमाडौँमा बस्दै आएकी थिइन् ।
केही समयअघि मात्रै उनको युरोप जाने भिसा आएको परिवारले जानकारी दिएको छ।
छोरीको जलेर मृत्यु भएपछि परिवार शोकमा डुबेको छ।दशरथ नाथले भने, “मसँगै मेरो होस पनि उडेको जस्तै भएको छ।अब छोरीको न्यायका लागि कानुनी प्रक्रिया अघि बढाउँछु।”
साभार–धनगढी खबर
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
