राष्ट्रिय समाचार

राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्तामा उत्साहजनक वृद्धि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय परिचयपत्रमार्फत पनि मतदाता नामावली संकलन प्रक्रिया सुरु भएपछि देशभर नयाँ मतदाता दर्तामा उल्लेखनीय वृद्धि देखिएको छ।

लोक कल्याणकारी विज्ञापन

निर्वाचन आयोगले दर्ताको चाप बढेपछि कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेरै फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रदान गर्न सकिने व्यवस्था लागू गरेको हो।

लोक कल्याणकारी विज्ञापन

आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै आयोगले दर्ता तथा अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ।

बिज्ञापन

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र प्रयोग गरेर कात्तिक २९ गते राति ९:०० बजेसम्म ५० हजार २१७ पुरुष, ३० हजार २३५ महिला र चार अन्य गरी ८० हजार ४५६ नयाँ मतदाता थपिएका छन् । योसँगै निर्वाचन घोषणा भएपछि दर्ता भएका मतदाताको संख्या दुई लाख ८१ हजार १२९ पुगेको छ । 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन