कैलालीमा यु- १६ फुटबल प्रतियोगिता हुँदै, विजेतालाई २ लाख पुरस्कार

कैलाली । कैलालीमा जिल्लास्तरीय यु १६ फुटबल पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । धनगढी रङ्गशालामामा आगामी पौष १८ गतेदेखि २६ गतेसम्म आयोजना हुने बद्री कुन्ता मेमोरियल फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको शनिवार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले जनाएको छ ।
फुटबल सङ्घमा दर्ता भएका कैलाली जिल्लाका १३ ओटै स्थानीय तहका क्लबहरूको सहभागिता सहभागिता जनाउने छन् ।

लिगकम नकआउट फम्र्याटमा खेलाइने उक्त प्रतियोगिताको विजेता टोलीले नगद २ लाख नगदसहित आकर्षक ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले नगद १ लाख,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको थियो । साथै विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पनि नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगीताका निर्देशक हर्क दानपालीले जानकारी दिए ।पत्रकार सम्मेलनका प्रमुख अतिथि सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव लोक बहादुर खड्काले जिल्ला आयोजना भइरहेका साना ठुला प्रतियोगिताहरूले खेलकुदको विकासमा ठुलो टेवा पुगिरहेको बताएका थिए ।
बद्री कुन्ता मेमोरियल ट्रस्टका संस्थापक सदस्य गोकर्ण जोशीले खेल क्षेत्रबाट खेलाडीहरूले नाम र दाम दुवै पाइरहेको भन्दै सरकारले खेल र खेलाडीको संरक्षकमा ध्यान दिन आवश्यक रहेको बताएका थिए ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाका सदस्य तथा कैलाली जिल्ला फुटबल सङ्घका अध्यक्ष अनिल मल्लले आयोजना हुन लागेको यु१६ पुरुष फुटबल प्रतियोगीताका माध्यमबाट नयाँ खेलाडीहरू उत्पादन हुने विश्वास व्यक्त गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
