कपिलवस्तुको बिसुनपुरमा विशाल सत्संग सम्पन्न

कपिलवस्तु, १० पौष । कपिलवस्तुको बिसुनपुरमा विशाल सत्संग सम्पन्न भएको छ ।

सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय कोषाध्यक्ष एवं ज्ञानप्रचारक कृष्ण कन्हैया पाठक जीलें विभिन्न ठाउँबाट आएका साधसंगतलाई सम्बोधन गर्दै भन्नुभयो कि मेरो–मेरो भन्दा–भन्दा हाम्रो जीवन त्यसै कौडीको मोलमा बितिरहेको छ । धन–सम्पत्ति, इष्टमित्र, लाला–वाला आदि सबै यही नै रहनेछन्, साथमा केवल हामीले गरेको कर्म मात्र जाने छ । जब हामी हृदयबाट नै सबै चीज तेरो नै हो, मेरो त यहाँ केही छैन, तेरो कृपाले नै म बाँची रहेको छु भन्ने भावनाले आफूलाई निराकार परमात्मा प्रति समर्पित गर्छौ भने हाम्रो जीवन सुखी, आनन्दले बित्ने छ । सत्संग गर्नुबाट मनमा रहेका विकार–विसङ्गति, दुर्णगुण, अहंकार जस्ता नकारात्मक वस्तुहरु हटेर जान्छन्, त्यहाँ निर्मल, स्वच्छ, पवित्र भावनाको जागृत हुन्छ । सत्संगको प्रेरणाबाट हामीमा दुःखबाट छुटकारा पाउने प्रवृत्तिको विकास हुन्छ । सत्संग गर्नुबाट धन–सम्पत्ति, इष्टमित्र जस्ता माया–मोहबाट छुटकारा पाउन जान्छौं । प्राप्त गरेको धन–सम्पत्ति सन्तहरुको सेवामा खर्च गर्ने बानीको विकास हुन्छ । खराब कार्य गर्नको लागि मानवलाई यो योनी दिएको होइन यो त ८४ लाख योनीबाट मुक्त हुनुको लागि यो अमूल्य तन मानवलाई दिएको हो । यसलाई त्यसै कौडीमा व्यतित नगरौँ । समयमा सत्गुरुको शरणमा आएर ब्रम्हज्ञानको दात प्राप्त गरेर आफ्नो अमूल्य योनि मानव तन पाएको सार्थक गरौं । मन, वचन, कर्मबाट कसैलाई दुःख न पु¥याउँ । यो नै सच्चा मानवको कर्तव्य हो । निराकारलाई प्राप्त गरेर मानव योनि मुक्त गर्नु नै मानव जन्मको प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो ।


उहाँले अगाडि भन्नुभयो कि हामीभित्र रहेको आत्मा निराकारको नै अंश हो । यसमा कुनै भिन्नता छैन । यो हामी तब थाहा पाउँछौं, जब सत्गुरुको कृपाबाट हामीलाई ब्रम्हज्ञानको बोध हुन जान्छ । जुन प्रकारले निराकार परमात्माको कहिल्यै नाश हुँदैन, त्यस्तै प्रकार यो जीव आत्माको पनि कहिल्यै नाश हुँदैन । भक्तिको माध्यमबाट आत्मा परमात्मामा विलय हुन जान्छ र ८४ लाखको फेरोबाट मुक्त हुन्छ । जब हामी आफूभित्र झाँकेर आत्म मन्थन गर्छौं, तब हामीलाई सही सुख, शान्ति, सुकुन, आनन्द प्राप्त हुन्छ । मानव योनि निकै दुर्लभ रहेको छ । यो हामीलाई परमात्माको कृपाबाट मात्र प्राप्त भएको हो । मानव चोला क्षणभङ्गुर रहेको छ । यो जतिखेर पनि अस्ताउन सक्छ । त्यसैले समयमा ब्रम्हज्ञानलाई प्राप्त गरेर मानवीय योनि पाएको सफल पारौ, उहाँले बताउनुभयो ।

निराकार पारब्रम्हलाई जानेर दर्शन गरौं, बोध हासिल गरौँ । जानेर परमात्माको दर्शन गरेर बोध हाँसिल होस् र यसको जानकारी हासिल भएर हाम्रो अन्तकरणमा घुस्न सकोस् । तब गएर मानव चोला पाएको सार्थक हुनेछ । सत्गुरुको कृपाबाट निराकार परमात्माको बोध भएपछि तब मात्र हाम्रो अन्धकार रुपी जीवनमा ब्रम्हज्ञानको प्रकाशको उज्यालोले अज्ञान अँध्यारोलाई समाप्त गर्न सक्छ, उहाँले बताउनुभयो ।

श्याम सुन्दर गीत, सरस्वती गीत, राजेन्द्र विचार, राजु विचार, शुशिला गीत, शुकई विचार, सन्तोला विचार, सिमा गीत, राम औतार विचार, द्रोपती गीत, सिराजुद्दीन विचार, राम नेवास गीत, राजेन्द्र विचार, अम्बरदास (मुखी, ईटवा) विचार, चिनमुन गीत, वनारसी विचार, कमलावती गीत, प्रमिला गीत, कृष्ण प्रसाद विचार, शिव प्रसाद गीत, बुन्देश्वरले विचार राख्नुभएको थियो भने कार्यक्रमको संचालन राम सुमेरले गर्नुभएको थियो । उक्त सत्संगमा बाल ज्योति माध्यमिक विद्यालय का वि. व्या. स.का अध्यक्ष मूलचंद, शिक्षक रमेश, उमेश, लाल चौधरी, शिवराज न.पा.७ का वड़ा अध्यक्ष अनुप कुमार चौधरी, वडा नं. ८ का वड़ा अध्यक्ष रिजवान अहमद एवं पूर्व वड़ा अध्यक्ष शंकर जीको पनि उपस्थिति रहेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.