टीकापुरमा सेवादल यूनिट नं. २५४ द्वारा बाल फुटबल प्रतियोगिता सम्पन्न

टीकापुर, ११ पौष । सेवादल यूनिट नं. २५४ द्वारा बाल फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।

सन्त निरंकारी सत्संग भवन टीकापुरको खेल मैदानमा आयोजना गरिएको उक्त प्रतियोगितामा चार टीमले भाग लिएका थिए । दुई टीम पुरुष पक्ष रहेको थियो भने दुई टीम महिला पक्ष रहेको थियो ।


पुरुष पक्ष ‘क’ र ‘ख’ बीच निकै रोचक पूर्ण र प्रतिस्पर्धा पूण खेल भएको थियो, जसमा समूह ‘ख’ ले समूह ‘क’ लाई ०–१ ले पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने त्यस्तै महिला पक्षतिर समूह ‘क’ ले समूह ‘ख’ लाई १–० ले पराजित गर्दै प्रथम स्थान हासिल गरेको थियो ।

पुरुष पक्ष समूह ‘क’ तर्फ समिर रावल, शिशिर ठकुल्ला, सम्राट रावल, दीपक वि.क., आरोन रावल, आरोहन रावल, नैतिक नेपाली, मनिष भण्डारी र मनिष उखेडा रहेका थिए भने समूह ‘ख’ तर्फ सन्तुष्ट रावल, आभुषण भण्डारी, सनिस वि.क., चेतन साँउद, प्रितम भुल, आर्यन वि.क., हिमाल भण्डारी, अभिनाश वि.क. र मनिष वि.क. रहेका थिए । त्यस्तै महिलातर्फ उन्नती साउँद, सानभी भुल, आरोसी साउँद, प्रिंका वि.क., मेनुका गाहामगर, निशा पुनमगर, तृप्ती भण्डारी, प्रतिमा भण्डारी र अनुजा वि.क. रहेका थिए भने समूह ‘ख’ तर्फ अनिशा वि.क., मञ्जुसा वि.क., अस्मी वि.क., रेजिना भण्डारी, तृसा वि.क., सृष्टि व.क., पूर्णिमा वि.क., टीका पुनमगर र जानवी ताम्राकार रहेका थिए ।

पुरुष तर्फको खेलमा आर्यन चौधरीले एम्पायरको भूमिका निर्भाह गरेका सो प्रतियोगितामा लाइन्स मेनमा लोचन ठकुल्ला, रेशम भण्डारी लाईन्स रहेका थिए भने मनिष भण्डारी वेस्ट डिफेन्सर र आरोन रावल वेस्ट किपर रहेका थिए । महिला पक्षतिर एम्पाएरको रुपमा लोचन ठकुल्ला रहेका थिए भने लाइन्स मेनमा आर्यन चौधरी, रेशम भण्डारी, वेस्ट डिफेन्सर र अनुजा वि.क. वेस्ट किपर रहेका थिए ।

विजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण–पत्र सन्त निरंकारी मण्डलका अध्यक्ष नर बहादुर रावल, सन्त निरंकारी मण्डल नेपालका सह सचिव नर बहादुर बि.क., सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्ले, सन्त निरंकारी सत्संग भवनका मुखी महादेव भण्डारी, सेवादल संचालक बल बहादर सार्की, सह संचालिक जुनी देवी रावल, सेवादल शिक्षक भान सिंह बि.क., सेवादल शिक्षिका लक्ष्मी सोनी र पत्रकार पूर्ण कुमाल रहेका थिए भने खेलाडीहरुको हौसला र उच्च मनोवल बढाउन अतिथिहरुले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा पुरुस्कार, मेडल, प्रमाण–पत्र तथा खाजाको व्यवस्था यामाहा सो रुमका संचालक हेमन्त रावल, सफ्ट लिंक ट्रेडका प्रोप्राइटर दीपक रावल तथा जुनी देवी रावल, प्रह्लाद रावल रहेका थिए भने कार्यक्रमको संचालन तथा रेखाङ्कन सेवादल जवान तथा शिक्षक प्रकाशमान ठकुल्लाले गरेका थिए । कार्यक्रममा खेलाडीहरुलाई हौसला बढाउन स्थानीय दर्शकहरुको सहभागिता रहेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.