खेलकुद

बीपीएलको उद्घाटन खेलमा राजशाही विजयी, सन्दीपको उत्कृष्ट प्रदर्शन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) को उद्घाटन खेलमा नेपाली स्टार सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले विजयी सुरुवात गरेको छ ।

राजशाहीलाई ८ विकेटको जित दिलाउन सन्दीपले बलिङमा उत्कृष्ट प्रदर्शन गरे ।

बिज्ञापन

सिल्हेट टाइटन्सले पहिले ब्याटिङ गर्दै १९१ रनको लक्ष्य दिएको थियो । राजशाहीले केवल २ विकेट क्षतिमा २ बल अगाडि लक्ष्य भेट्यो ।

राजशाहीका कप्तान नाजमुल हुसैन सान्टोले उत्कृष्ट शतक हानेका थिए । उनले ६० बलमा अविजित १०१ रन हान्दै टिमलाई जितसम्म पुर्‍याए । उनलाई मुस्फिकर रहिमले अर्धशतक बनाउँदै साथ दिए ।

दुवैतर्फका बलरहरुले संघर्ष गरेको म्याचमा सन्दीपले आफ्नो उत्कृष्टता देखाउन सफल भए ।

स्पिनरहरूलाई पिचले खासै सहयोग नगरेको भए पनि उनले दुई महत्त्वपूर्ण विकेट लिएका थिए । सन्दीपले ओभरमा ३८ रन खर्चिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।