मानव एकता दिवस : सेवा, प्रेम र समरसताको प्रेरणादायी सन्देश

नयाँ दिल्ली, १७ अप्रेल। जब मानव हृदयमा प्रेमको मधुर धारा निरन्तर बगिरहन्छ र आत्मा एकत्वको दिव्य स्पन्दनले आलोकित हुन्छ, तब मानवताको वास्तविक र पावन स्वरुप प्रकट हुन्छ । यही अवस्था हो, जहाँ सबै प्रकारका भेदभाव स्वतः समाप्त हुन्छन् र करुणा, समरसता तथा सार्वभौमिक भाइचाराको भावना जीवन्त बन्छ । यही दिव्य आध्यात्मिक चेतनालाई साकार गर्न सन्त निरंकारी मिशनद्वारा बाबा गुरबचन सिंह जीको पावन स्मृतिमा “मानव एकता दिवस” २४ अप्रेल २०२६ मा श्रद्धा, समर्पण र प्रेममय वातावरणमा आयोजना गरिनेछ । यस कार्यक्रमले सम्पूर्ण मानव जातिलाई एकता, सेवा र सद्भावको अमूल्य सन्देश दिनेछ ।

दिल्लीको मुख्य आयोजनास्थलमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान शिविर गहन श्रद्धा, समर्पण र सेवाभावका साथ सञ्चालन गरिनेछ । यस पावन सेवायज्ञमा विभिन्न अस्पतालका अनुभवी चिकित्सक तथा इन्डियन रेडक्रस सोसाइटीको समर्पित टोलीले आफ्नो विशेषज्ञता र करुणासहित सेवा प्रदान गर्नेछन् । यसले मानवताप्रतिको संवेदनशीलता र सेवाभावको जीवित उदाहरण प्रस्तुत गर्नेछ ।


सन्त निरंकारी मण्डलका सचिव आदरणीय श्री जोगिन्दर सुखीजाका अनुसार, सन्त निरंकारी च्यारिटेबल फाउन्डेशनको मार्गदर्शनमा आयोजना हुने यी शिविरहरुमा हजारौँ श्रद्धालुहरुले निःस्वार्थ भावले रक्तदान गरी मानव जीवनको रक्षाका लागि आफ्नो अमूल्य योगदान अर्पण गर्नेछन् । यो सेवा केवल आवश्यकतामा परेकाहरुको जीवनमा नयाँ आशा जगाउने माध्यम मात्र नभई, दान गर्ने व्यक्तिको हृदयमा आत्मिक सन्तोष, शान्ति र कृतार्थताको दिव्य अनुभूति गराउने अवसर पनि हो ।
स्मरण रहोस कि सन्त निरंकारी मिशन रक्तदानको क्षेत्रमा सधैँ अग्रणी रहँदै आएको छ । विगत चार दशकदेखि रक्तदान कार्यक्रमहरु सफलतापूर्वक सञ्चालन हुँदै आएका छन् । मिशनको आफ्नै ब्लड बैंक मुम्बईमा निरन्तर परोपकार र सेवाभावका साथ अमूल्य सेवा प्रदान गरिरहेको छ । विगत वर्षहरुमा आयोजना गरिएका हजारौँ रक्तदान शिविरहरुबाट अनगिन्ती जीवनहरूले नयाँ सहारा र जीवनदान पाएका छन् ।

निःसन्देह, यो पुण्य प्रयास सतगुरु माता सुदीक्षा जी महाराजका दिव्य शिक्षाहरुको सजीव तथा प्रेरणादायी प्रतिबिम्ब हो । उहाँका शिक्षाहरुले मानव हृदयमा प्रेम, एकता र सहअस्तित्वको पावन ज्योति प्रज्वलित गर्छन् । उहाँको करुणामयी प्रेरणाले प्रत्येक व्यक्तिलाई वास्तविक जीवन सेवा, विनम्रता र आपसी सद्भावको मार्गमा अगाडि बढ्नु हो भन्ने अनुभूति गराउँछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.