आस्था /आध्यात्म

कपिलवस्तुको बालापुरमा वृहत् सत्संग तथा रक्तदान कार्यक्रम सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बालापुर, १३ वैशाख । कपिलवस्तुको बालापुरमा वृहत् सत्संग तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बालापुरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा सत्संगमुखी कुशल के.सी.ले उपस्थित सन्तहरूलाई सम्बोधन गर्दै भन्नुभयो कि आज नेपालका विभिन्न जिल्लाहरूमा रक्तदान कार्यक्रमहरू आयोजना भइरहेका छन्, जुन निःस्वार्थ रूपमा समाजप्रति समर्पित कार्य हो । नेपालमा प्रत्येक वर्ष अङ्ग्रेजी महिना अप्रिल २४ तारिखमा वा त्यसको आसपासमा रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ । संकलित रगत नजिकको स्वास्थ्य संस्था वा नेपाल रेडक्रस सोसाइटी लाई उपलब्ध गराइने गरिन्छ । आज पनि सन्तहरू यही उत्साहका साथ रक्तदान गर्न उत्साहित रहेका छन्, उहाँले बताउनुभयो ।

बिज्ञापन

सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई विशुद्ध आध्यात्मिक विचारधारा हो । यसको स्थापना सन् १९२९ मा पेशावर मा भएको थियो । मिशनका तेस्रा सत्गुरु बाबा गुरबचन सिंह लाई २४ अप्रिल १९८० मा उग्रवादी समूहले हत्या गरेपछि सन् १९८६ देखि निरन्तर ‘रगत नालीमा होइन, नाडीमा बगाऔँ’ भन्ने भावनाका साथ रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको छ, उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले सन्त निरंकारी मिशन ले नेपालमा मात्र नभई विश्वभर २४ अप्रिलका दिन मानव एकता दिवसका रूपमा रक्तदान तथा सत्संग कार्यक्रम आयोजना गर्दै मानवता, एकता र सेवाभावको सन्देश फैलाउँदै आएको बताउनुभयो ।

सत्संग कार्यक्रममा स्थानीय सन्त–भक्तहरूले मानव एकता दिवसका विषयमा आफ्ना भावना व्यक्त गर्नुका साथै गीत प्रस्तुत गरेका थिए । रक्तदान कार्यक्रममा ३५ जना सन्तहरूले रक्तदान गरी पुण्य कार्य गरेको स्थानीय महात्मा बुन्देश्वर चौहानले जानकारी दिनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।