प्रवास

हाम्रो स्वाभिमान ट्रस्टको असम राज्य स्तरीय बैठक सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गुवाहाटी (असम)। हाम्रो स्वाभिमान ट्रस्टको असम राज्य स्तरीय बैठक भारतको असम राज्यको गुवाहाटीमा भव्य रूपमा सम्पन्न भएको छ। बैठकमा ट्रस्टको संगठन विस्तार, आगामी कार्यक्रम, सामाजिक तथा सेवामूलक अभियानलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

बैठकमा हाम्रो स्वाभिमान ट्रस्टका केन्द्रीय महामन्त्री साध्वी देवदिती, केन्द्रीय मुख्य संयोजक डा. मोहन कार्की, संगठन सचिव राहुल कुँवर, असम प्रान्तीय अध्यक्ष नारायण खतिवडा तथा आजीवन सदस्य एवं हाम्रो स्वाभिमान ट्रस्ट दिल्लीका संरक्षक युवराज बरालको विशेष उपस्थिति रहेको थियो।

बिज्ञापन

कार्यक्रममा सहभागी वक्ताहरूले ट्रस्टले समाजमा सकारात्मक सोच, नैतिक मूल्य, सामाजिक उत्तरदायित्व तथा सेवाभावको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका थिए। उनीहरूले सामाजिक एकता, युवा सहभागिता, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवासम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।

बैठकमा असम प्रदेशमा ट्रस्टको संगठनलाई थप सुदृढ बनाउने, स्थानीय तहसम्म सदस्यता विस्तार गर्ने, नियमित सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा विभिन्न सेवामूलक अभियानलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो।

केन्द्रीय मुख्य संयोजक डा. मोहन कार्कीले संगठनको उद्देश्य केवल संरचना विस्तार गर्नु नभई समाजमा सकारात्मक परिवर्तन ल्याउनु रहेको उल्लेख गर्दै सबै सदस्यलाई सेवाभाव, अनुशासन र समर्पणका साथ कार्य गर्न आग्रह गरे।

त्यसैगरी, केन्द्रीय महामन्त्री साध्वी देवदितीले ट्रस्टले मानवता, नैतिकता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढिरहेको बताउँदै सबै प्रदेशबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरिन्।

बैठकले आगामी दिनमा असम प्रदेशमा विभिन्न सामाजिक, शैक्षिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्ने, संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको जनाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।