कैलाली

क्यानडा पठाइदिने भन्दै २ करोड ५० लाख ठगी गरेको आरोपमा लम्कीचुहाका एक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरेको आरोपमा लम्कीचुहाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

लोक कल्याणकारी विज्ञापन

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय लहानु राम चौधरी रहेका छन्।

लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार चौधरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ असुली गरेको आरोप छ। रकम लिइसकेपछि उनी पीडितहरूको सम्पर्कबाट बाहिरिएका थिए।

बिज्ञापन

पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन