टीकापुर विमानस्थल निरीक्षण गर्न पर्यटनमन्त्री पौडेल आज टीकापुर आउने

टीकापुर, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्रीप्रसाद (खडक) पौडेल आज मंगलबार टीकापुर विमानस्थलको निरीक्षणका लागि टीकापुर आउने कार्यक्रम तय भएको छ।
मन्त्री पौडेल श्रावण ५ गते अपराह्न ४ बजे टीकापुर पुग्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले टीकापुर विमानस्थलको स्थलगत निरीक्षण गर्नुका साथै विमानस्थलको वर्तमान अवस्था, सञ्चालनको सम्भावना तथा आवश्यक पूर्वाधार विकासका विषयमा सरोकारवालासँग छलफल गर्ने जनाइएको छ।

टीकापुर विमानस्थल सञ्चालन तथा स्तरोन्नतिका लागि सरकारको पहल र आगामी योजनाबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
