स्वास्थ्य

लम्कीचुहा अस्पतालको प्रशासनिक चाबी नगरपालिकाले नियन्त्रणमा लिएको दाबी, विवादबीच सेवा प्रभावित हुने चिन्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्कीचुहा, , १० साउन । कैलालीको लम्कीचुहा अस्पतालको प्रशासनिक चाबी नगरपालिकाले नियन्त्रणमा लिएको भन्ने जानकारी सार्वजनिक भएपछि अस्पताल व्यवस्थापनलाई लिएर नयाँ विवाद सिर्जना भएको छ। यद्यपि यस विषयमा सम्बन्धित पक्षबाट औपचारिक पुष्टि भने हुन सकेको छैन।

प्राप्त जानकारीअनुसार साउन ९ गते साँझ नगर प्रमुखको सचिवालयसँग सम्बन्धित केही व्यक्ति, अस्पतालका एक कर्मचारी तथा नगर प्रहरी अस्पताल पुगेका थिए। सोही क्रममा अस्पताल प्रशासनको चाबी नगरपालिकाले आफ्नो नियन्त्रणमा लिएको दाबी गरिएको छ। घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीहरूले सचिवालयसँग सम्बन्धित व्यक्तिहरू अस्पतालमा आएको दाबी गरेका छन्।

बिज्ञापन

यसअघि नै प्रादेशिक अस्पतालको सञ्चालन तथा व्यवस्थापनलाई लिएर प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबीच विवाद रहँदै आएको छ। पछिल्लो घटनाले उक्त विवाद थप चर्किने संकेत देखिएको स्थानीयको भनाइ छ।

स्थानीयवासीले प्रशासनिक विवादका कारण अस्पतालको सेवा प्रवाह प्रभावित हुने र त्यसको प्रत्यक्ष असर बिरामीमाथि पर्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार राजनीतिक तथा प्रशासनिक विवादभन्दा नागरिकको स्वास्थ्य सेवा प्राथमिकतामा पर्नुपर्ने माग गरेका छन्।

यस घटनाबारे सम्बन्धित निकायबाट आधिकारिक धारणा आउन बाँकी छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।