आस्था /आध्यात्म

टीकापुरमा १०८ कुण्डीय विराट महायज्ञको तयारी, मूल आयोजक समिति गठन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १३ साउन । कैलालीको टीकापुरमा आगामी मंसिर १२ देखि २२ गतेसम्म सञ्चालन हुने १०८ कुण्डीय गोपाल अष्टोत्तरशत विराट महायज्ञ तथा कोटीहोम को तयारी तीव्र पारिएको छ। महायज्ञलाई व्यवस्थित रूपमा सम्पन्न गर्न मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरू गठन गरिएको छ।

ईश्वरकर्मी सेवा आश्रम, टीकापुरको आयोजनामा हुने महायज्ञको संकल्प अनन्त विभूषित श्री श्री श्री १००८ महामण्डलेश्वर स्वामी ईश्वर चैतन्यजी महाराजले गर्नुभएको हो। उहाँ नै महायज्ञको मूल संयोजकका रूपमा रहने आयोजकले जनाएको छ।

गठित मूल आयोजक समितिमा भैरव रावल महासचिव, दयाराम सन्ज्याल सचिव, रामबहादुर भण्डारी कोषाध्यक्ष तथा मकर केसी र नरबहादुर कडायत सह–कोषाध्यक्ष चयन भएका छन्।

महायज्ञको व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रचारप्रसार, जनसम्पर्क, लेखन तथा सम्पादन र भण्डारण व्यवस्थापनलगायतका उपसमितिहरू पनि गठन गरिएको छ। प्रचारप्रसार उपसमितिको संयोजकमा भुवनेश्वर अधिकारी, काठमाडौं जनसम्पर्क उपसमितिको संयोजकमा चेतनाल खत्री, लेखन तथा सम्पादन उपसमितिको संयोजकमा डा. योगेन्द्र बजगाई तथा भण्डारण व्यवस्थापन उपसमितिको संयोजकमा राजु बम चयन भएका छन्।

आयोजक समितिले आवश्यकताअनुसार थप उपसमितिहरू पनि गठन गर्दै जाने जनाएको छ। धार्मिक चेतना अभिवृद्धि, आध्यात्मिक जागरण तथा सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको महायज्ञमा देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।