टीकापुर

३३ केभी लम्की–टिकापुर प्रसारण लाइनको तार चुँडिँदा टिकापुर, राजापुर र भजनी क्षेत्रमा विद्युत् अवरुद्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टिकापुर, २१ साउन । ३३ केभी लम्की–टिकापुर (राजापुर र भजनी) विद्युत् प्रसारण लाइनअन्तर्गत राजीपुर जङ्गल अगाडि लम्कीतर्फ एक फेजको विद्युत् तार चुँडिएपछि टिकापुर नगरपालिकासहित राजापुर र भजनी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

विद्युत् प्राधिकरणका अनुसार प्रसारण लाइनमा आएको प्राविधिक समस्याका कारण सम्बन्धित क्षेत्रमा विद्युत् सेवा बन्द भएको हो। तार चुँडिएको जानकारी प्राप्त हुनासाथ मर्मतका लागि प्राविधिक टोली घटनास्थलतर्फ खटिएको छ।

प्राधिकरणले चुँडिएको तारको मर्मत कार्यलाई तीव्र रूपमा अघि बढाइएको जनाएको छ। आवश्यक मर्मत सम्पन्न हुनेबित्तिकै विद्युत् आपूर्ति पुनः नियमित गरिने पनि जनाएको छ।

विद्युत् अवरुद्ध भएपछि टिकापुर, राजापुर र भजनी क्षेत्रका सेवाग्राही प्रभावित भएका छन्। प्राधिकरणले मर्मत कार्य जारी रहेकाले केही समय धैर्य गर्न तथा विद्युत् आपूर्ति पुनः सञ्चालन नहुँदासम्म आवश्यक सावधानी अपनाउन सेवाग्राहीलाई अनुरोध गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।