बहुविवाह तथा बालविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

कैलाली, २१ साउन । बहुविवाह तथा बालविवाह मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ निवासी ४७ वर्षीय तिलाचन्द्र शर्मा रहेका छन्। उनीविरुद्ध बहुविवाह तथा बालविवाह मुद्दामा एक वर्ष कैद सजाय तथा १३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरी टोलीले शर्मालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको पनि जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
