जालपादेवी केबुलकारमा २८ जनाका लागि रोजगारीको अवसर, कर्मचारी माग

चिसापानी, २४ साउन । कैलालीको चिसापानीदेखि राजकाँडासम्म सञ्चालनको तयारीमा रहेको जालपादेवी केबुलकारले विभिन्न पदमा २८ जना कर्मचारी माग गरेको छ।
केबुलकार सञ्चालनको तयारी तीव्र पारिएसँगै कम्पनीले रेष्टुरेन्ट तथा किचेनतर्फका कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो। रेष्टुरेन्ट सञ्चालनका लागि सुपरभाइजर, क्याप्टेन र क्यासियर तथा बार टेन्डर पदमा जनशक्ति माग गरिएको छ। त्यस्तै, ६ जना वेटरका लागि पनि आवेदन खुलाइएको छ।
किचेनतर्फ एक जना हेड चिफ, एक जना सहायक चिफ, तीन जना पार्टी चिफ, दुई जना सहायक चिफ र छ जना सहयोगी आवश्यक रहेको कम्पनीले जनाएको छ।
इच्छुक तथा योग्य उम्मेदवारले चिसापानीस्थित जालपादेवी केबुलकारको कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन्।
चिसापानीदेखि राजकाँडासम्म केबुलकार सञ्चालनका लागि निर्माण तथा पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। कम्पनीले आगामी दशैँसम्म केबुलकार सञ्चालनमा ल्याउने तथा उद्घाटन गर्ने तयारी गरेको जनाएको छ।
केबुलकार सञ्चालनमा आएपछि सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारीका अवसरसमेत थपिने अपेक्षा गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
