आस्था /आध्यात्म

ओल्को साटासाटदेखि ‘बुढी’ हाल्नेसम्म, सुदूरपश्चिममा आज ओल्के पर्व

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज मौलिक सांस्कृतिक पर्व ओल्के हर्षोल्लासका साथ मनाइँदैछ। आपसी सद्भाव, आत्मीयता र पारिवारिक सम्बन्धलाई बलियो बनाउने पर्वका रूपमा ओल्केलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।

ओल्के पर्वमा आफन्त, छरछिमेक तथा इष्टमित्रबीच ‘ओल्को’ अर्थात् विशेष उपहार आदानप्रदान गर्ने परम्परा छ। पिँडालुको गाभा, दूध, दही तथा विभिन्न मिठा परिकार एकअर्कालाई उपहार दिने चलन यस पर्वको प्रमुख विशेषता हो।

पर्वका अवसरमा छोरीचेलीहरू माइतमा ‘ओल्को’ लिएर जाने र माइती पक्षले उनीहरूको विशेष सत्कार गर्ने परम्परा पनि रहेको छ। यसले माइती–चेलीबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।

ओल्के पर्व कृषिसँग पनि जोडिएको छ। यस दिन खेतीपातीमा प्रयोग हुने कृषि औजारहरू धोइपखाली गरी सुरक्षित राख्ने चलन छ। ती औजारलाई आश्विन १ गते विश्वकर्माको पूजा गरेपछि पुनः प्रयोगमा ल्याउने परम्परा रहेको छ।

ओल्के पर्वसँग जोडिएको अर्को महत्वपूर्ण परम्परा ‘बुढी हाल्ने’ हो। सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा जंगलबाट रुख काटेर ल्याई जंगल नजिकैको खुला स्थानमा गाडेर ‘बुढी’ हाल्ने गरिन्छ। उक्त बुढीलाई असोज १ गते साँझ सामूहिक रूपमा जलाउने परम्परा छ।

स्थानीय मौलिक संस्कृति, कृषि जीवनशैली र पारिवारिक आत्मीयतालाई जोड्ने ओल्के पर्वले सुदूरपश्चिम तथा कर्णालीको सांस्कृतिक पहिचानलाई पुस्तौँदेखि निरन्तरता दिँदै आएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।