अटो दुर्घटनापछि आगलागी, आमाछोरीको घटनास्थलमै मृत्यु

इलाम, २८ भाद्र । इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्गासुलीमा अटो दुर्घटनापछि भएको आगलागीमा आमाछोरीको मृत्यु भएको छ।
शनिबार मंगलबारेबाट हाङ्गासुलीतर्फ जाँदै गरेको अटो पोखरी–कमेरेको भित्री कच्ची सडकमा अनियन्त्रित भएर सडकबाट तल खसेको थियो। दुर्घटनापछि अटोबाट पेट्रोल लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीमा आमा र उनकी ८ वर्षीया छोरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।
दुर्घटनालगत्तै स्थानीय बासिन्दा तथा प्रहरी घटनास्थलमा पुगेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
