घटना

तीज मनाउन माइती हिडेकी जीताको बाटोमै अन्तिम यात्रा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

संवाददाता : रुपलाल गिरी

सल्यान, २८ भाद्र । तीजको खुसी बोकेर माइतीघर हिँडेकी दाङकी ३५ वर्षीया जीता केसीको यात्रा सल्यानमा कहिल्यै नफर्किने गरी टुंगिएको छ।

दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोलाबाट तीज मनाउन माइतीघर जान लागेकी गीता शनिबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परेकी थिइन्। मोटरसाइकलको पछाडिको चक्कामा दुपट्टा बेरिँदा उनी सडकमा खसेकी थिइन्।

सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जीता रा ४ प २४३ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्। उनले लगाएको सलवार सुटको दुपट्टा अचानक मोटरसाइकलको पछाडिको चक्कामा बेरिएको थियो।

दुपट्टा चक्कामा बेरिएपछि चक्काले तानेर जीतालाई मोटरसाइकलबाट सडकमा खसालेको थियो। त्यसपछि तीव्र गतिमा रहेको मोटरसाइकलले उनलाई केहीबेर सडकमा लतारेको प्रहरीले जनाएको छ।

माइतीघर पुगेर परिवारजनसँग तीजको खुसी साट्ने उनको सपना बाटोमै दुर्घटनासँगै अन्त्य भयो। चाडपर्वको उत्साह बोकेर हिँडेकी एउटी आमाको जीवन क्षणभरमै समाप्त भएपछि परिवार र आफन्त शोकमा डुबेका छन्।

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनाले मोटरसाइकलमा यात्रा गर्दा लामो तथा खुला कपडा र दुपट्टा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीको गम्भीरतासमेत उजागर गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।