सहयोग तथा उदार

चिरैयातालमा ट्रस्ट निर्माणका लागि माटो सम्याउने काम सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

घोडाघोडी । चिरैयाताल सामुदायिक वन क्षेत्रमा ट्रस्ट निर्माणका लागि माटो सम्याउने काम सुरु गरिएको छ। गौमाताका लागि सहयोगस्वरूप प्राप्त रकमबाट ट्रस्ट निर्माण गर्न लागिएको हो।

चिरैयाताल गाउँ व्यवस्थापन समितिको पहलमा ट्रस्ट निर्माणका लागि आवश्यक पूर्वाधार तयार गर्ने काम अघि बढाइएको समितिले जनाएको छ। समितिका अनुसार ट्रस्ट निर्माणका लागि यसअघि गौमाताको सेवाका लागि प्राप्त रकम प्रयोग गरिनेछ।

चिरैयाताल सामुदायिक वनको क्षेत्रअन्तर्गत पर्ने स्थानमा माटो सम्याउने कार्यका लागि डोजर प्रयोग गरिएको छ। घोडाघोडी नगरपालिका–२ को अनुरोधमा नगरपालिकाको सहयोगमा उक्त कार्य सञ्चालन गरिएको हो।

स्थानीय तहको सहयोग र गाउँ व्यवस्थापन समितिको सक्रियतामा चिरैयाताल क्षेत्रको व्यवस्थापन तथा विकासका काम अघि बढाइएको समितिले जनाएको छ। कार्यक्रममा नगरप्रमुख, वडा अध्यक्षलगायत जनप्रतिनिधि, समितिका पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको थियो।

समितिले चिरैयाताल क्षेत्रको संरक्षण, व्यवस्थापन तथा विकासका लागि स्थानीय तह, सामुदायिक वन र स्थानीयवासीबीच सहकार्य आवश्यक रहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।