भोटेकोशी बाढीमा बेपत्ता बैतडीका हरिश चन्दको शव पूर्वी नवलपरासीमा फेला

बैतडी , ३१ भाद्र । भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका बैतडीको सुनर्या गाउँपालिका–६ का ३२ वर्षीय हरिश चन्दको शव फेला परेको छ।
अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत चन्दको शव पूर्वी नवलपरासीमा फेला परेको हो। बाढीपछि बेपत्ता भएका उनको शव केही दिनपछि फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शवको शरीरको तल्लो भाग फेला परेको छैन। दाहिने हातमा रहेको ट्याटुका आधारमा भने शव हरिश चन्दकै भएको पहिचान गरिएको हो।
चन्दको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको थियो। आवश्यक प्रक्रिया पूरा गरी उनको अन्त्येष्टि गरिएको भाइ विशाल चन्दले जानकारी दिए।
भोटेकोशीमा आएको विनाशकारी बाढीमा अपर त्रिशूली हाइड्रोपावरलगायत विभिन्न आयोजनामा कार्यरत धेरै व्यक्ति बेपत्ता भएका थिए। बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि बेपत्ताको खोजी तथा शव पहिचानको काम अझै जारी छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
