कैलाली

धनगढीमा जुवातास खेलिरहेका सात जना पक्राउ, ५१ हजार रुपैयाँ बरामद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, २६ असोज । धनगढीमा जुवातास नियन्त्रणका लागि प्रहरीले छापा मार्दा सात जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ५१ हजार ८ सय रुपैयाँ नगदसमेत बरामद गरेको छ।

लोक कल्याणकारी विज्ञापन

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित शिवपुरी धाम नजिकै गणेश खड्काको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले छापा मारेको हो।

लोक कल्याणकारी विज्ञापन

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन