कैलाली

गेटा मेडिकल विश्वविद्यालयले पायो एमबीबीएसका ५० सिट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, ३१ असोज । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पहिलोपटक एमबीबीएस अध्ययनका लागि ५० सिट पाएको छ। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि सिट निर्धारण गरेसँगै सुदूरपश्चिम प्रदेशमै चिकित्सक उत्पादन गर्ने बाटो खुलेको हो।

लोक कल्याणकारी विज्ञापन

चिकित्सा शिक्षा आयोगले देशभरका ८४ शिक्षण संस्थामा चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमका लागि कुल ९ हजार ६९१ सिट निर्धारण गरेको छ। सोही क्रममा गेटास्थित विश्वविद्यालयले एमबीबीएस अध्ययनका लागि ५० सिट प्राप्त गरेको हो।

लोक कल्याणकारी विज्ञापन

गेटामा एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएपछि चिकित्सा शिक्षा अध्ययन गर्न चाहने सुदूरपश्चिमका विद्यार्थीलाई आफ्नै प्रदेशमा अध्ययन गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ। यसले प्रदेशमा चिकित्सक उत्पादन र स्वास्थ्य जनशक्तिको उपलब्धता बढाउनसमेत सहयोग पुग्ने अपेक्षा छ।

बिज्ञापन

सुदूरपश्चिममा विशेषज्ञ स्वास्थ्य सेवा तथा चिकित्सकको उपलब्धता बढाउने दृष्टिले गेटामा चिकित्सा शिक्षा सञ्चालनलाई महत्त्वपूर्ण मानिएको छ। यद्यपि, अध्ययन कार्यक्रम सञ्चालनको तयारी, विद्यार्थी भर्ना र कक्षा सुरु हुने समयबारे थप विवरण आवश्यक हुनेछ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन