नहरमा डुबेर दिदीबहिनीसहित तीन बालिकाको मृत्यु

कैलालीको जानकी गाउँपालिकामा नहरमा नुहाउने क्रममा डुबेर दिदीबहिनीसहित तीन बालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–३, घर भई टीकापुर नगरपालिका–१, बस्ने दिदीबहिनी अन्दाजी नौ वर्षीया निशा बजगाईं, १० वर्षीया मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी नौ वर्षीया डम्मरा उपाध्यायको मृत्यु भएको टीकापुर प्रहरीले जनाएको छ ।
रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाअन्तर्गत जानकी–५, पथरैया गुजरुवास्थित सातबिघा नजिकै कुलरिया नहरमा नुहाउने क्रममा दिउँसो घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार निशा र मानुषी जानकी–५, स्थित मामाघर गएका थिए । तीनै बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको टीकापुर प्रहरीले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
