खेलकुद

एनपिएलः आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको खेलअन्तर्गत आज बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीबीच दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ ।

विराटनगरले पाँच खेल खेलेर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगर आजको खेलमार्फत स्थान सुधार्ने लक्ष्यमा छ । समान पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी लायन्स भने छैटौँ स्थानमा छ। प्लेअफ सम्भावना जिउँदै राख्न लुम्बिनीका लागि आजको खेल जित्नैपर्ने अवस्था छ ।

बिज्ञापन

अहिलेसम्म सुदूरपश्चिम रोयल्सले प्रतियोगिताको प्लेअफमा स्थान पक्का गरेको छ । अब बाँकी तीन टोली प्लेअफ यात्रा सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।