भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू-१९ एसिया कपको उपाधि

काठमाडौं । भारतलाई हराउँदै पाकिस्तानले युएईमा भएको एसिसी यू–१९ एसिया कपको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा भारतलाई १ सय ९१ रनको जित निकाल्दै पाकिस्तानले यू–१९ एसिया कपको उपाधि जितेको हो ।
पाकिस्तानले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६ ओभर २ बलमा १ सय ५६ रनमा समेटियो । भारतका लागि ओपनर वैभव सूर्यवंशीले सर्वाधिक २६ रन बनाए ।

भारतका कुनै पनि ब्याटर क्रिजमा जम्न सकेनन् । बलिङमा पाकिस्तानका अली राजाले ३ तथा मोहमद सायान, अब्दुल शुभन र हुजैफा हसनले २–२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको गुमाएर ३ सय ४७ रन बनाएको थियो ।
पाकिस्तानका लागि सीमर मिन्हासले उत्कृष्ट ब्याटिङ गरे । उनले ११३ बलमा १ सय ७२ रन बनाए ।
अर्का ब्याटर हमेद हुसेनले ५६ रनको योगदान दिए । बलिङमा भारतका दीपेश देवेन्धरनले ३, हेलिन पटेल र खिलान पटेलले २–२ विकेट लिए । नेपाल भने जितविहीन रहँदै समूह चरणबाट बाहिरिएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
