खेलकुद

कैलाली जिल्लास्तरीय फुटबल प्रतियोगिता : सहारा र गौरीगङ्गा ११ विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । धनगढी रङ्गशालामा जारी बद्री कुन्ता मेमोरियल यु-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा सहारा युवा क्लब घोडाघोडी र गौरीगङ्गा ११ स्पोटर्स क्लब विजयी भएका छन् ।

आइतबार सम्पन्न पहिलो खेलमा सहारा युवा क्लब घोडाघोडीले हरियाली युवा क्लब जोशीपुरलाई टाइब्रेकरमा ४ – २ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

बिज्ञापन

खेलको सुरु भएको दुई मिनेटमै सहारा युवा क्लबका सौगात धामीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि खेलको २५औँ मिनेटमा हरियाली युवा क्लब जोशीपुरका अरविन्द्र डगौंराले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा सहारा युवा क्लबले ४ गोल गर्दा हरियाली युवा क्लब जोशीपुरले मात्र २ गोल गर्न सक्यो ।

आजै सम्पन्न दोस्रो खेलमा गौरीगङ्गा ११ स्पोटर्स क्लबले यूथ अफ टिकापुरलाई ३ – १ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ । कैलारी गाउँपालिकाको न्यू युवा सुन्दर शक्ति क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको यूथ अफ टिकापुरले दोस्रो खेलमा सोही लयलाई कायम राख्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताको छैटौँ खेलमा सोमबार सङ्घर्ष स्पोटर्स क्लब गोदावरी र बसर युवा क्लब चुरेकाबीच प्रतिस्पर्धा हुनेछ ।

कैलाली जिल्ला फुटबल सङ्घको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी छन्।

पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।