कैलाली

लम्कीचुहा अस्पतालमा प्रदेश–नगर विवाद: हस्तान्तरण नहुँदै समिति गठन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्कीचुहा । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार तीन प्रादेशिक अस्पतालमा पदाधिकारी नियुक्त गरेसँगै लम्कीचुहा अस्पतालमा विवाद चुलिएको छ। सामाजिक विकासमन्त्री मेघराज खड्काको निर्णयअनुसार सेती, लम्कीचुहा र जोगबुढा प्रादेशिक अस्पतालमा अध्यक्ष तथा सदस्यहरू नियुक्त गरिएका हुन्।सेती अस्पताल एक वर्षदेखि समितिविहीन अवस्थामा थियो भने लम्कीचुहा र जोगबुढा अस्पताललाई केही समयअघि मात्रै प्रदेश मातहत सञ्चालन गर्ने निर्णय गरिएको थियो। तर, लम्कीचुहा अस्पताल अझै नगरपालिकाबाट प्रदेशलाई हस्तान्तरण भइसकेको छैन।

लोक कल्याणकारी विज्ञापन

नगरपालिकाले हस्तान्तरण नगर्दै प्रदेश सरकारले विकास समिति गठन गरेपछि विवाद उत्पन्न भएको हो। लम्कीचुहा नगरपालिकाले भने नगर प्रमुखको अध्यक्षतामा लम्कीचुहा अस्पताल विकास समिति गठन गरी अस्पताल सञ्चालन गर्दै आएको जनाएको छ। समितिका सदस्य गङ्गाराम उपाध्यायका अनुसार आइतबार मात्रै  अस्पतालको विकास समितिको बैठक बसेको थियो।

लोक कल्याणकारी विज्ञापन

नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले अस्पताल अझै नगरकै बजेटबाट सञ्चालन भइरहेको र हस्तान्तरण नभएको बताइन्।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन