आस्था /आध्यात्म

नयाँ वर्षमा टीकापुरमा आध्यात्मिक उत्साह, सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १ बैशाख । नयाँ वर्ष २०८३ को अवसरमा सन्त निरंकारी सत्संग भवन, टीकापुरमा विशेष सत्संग कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलले देश तथा विदेशमा रहेका सम्पूर्ण सन्त–भक्तहरुलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो । उहाँले निराकार परमात्मा सर्वव्यापी हुनुका साथै सत्गुरु नै सच्चा सुखका दाता भएको उल्लेख गर्नुभयो ।

बिज्ञापन

उहाँका अनुसार मानव जीवनलाई सच्चा सुख प्रदान गर्न समय–समयमा सत्गुरुको अवतरण हुने गर्दछ । “हामीले पहिले परमात्माको नाम त लिँदै आएका थियौँ, विभिन्न विधिबाट पूजा–आजा पनि गर्दै आएका थियौँ, तर कसको भक्ति गर्ने भन्ने स्पष्ट ज्ञान सत्गुरुमार्फत प्राप्त भयो,” उहाँले बताउनुभयो ।

उहाँले थप्दै भन्नुभयो कि सत्गुरुको शरणमा पुगेपछि मात्र परमात्माको प्रत्यक्ष अनुभूति गर्न सकिन्छ र यसले मानव जीवनको वास्तविक उद्धार सम्भव बनाउँछ । “परमात्मा हाम्रो आँखाको आँखीभौँभन्दा पनि नजिक हुनुहुन्छ, उहाँ हाम्रो अंग–संगमै हुनुहुन्छ,” उहाँले स्पष्ट पार्नुभयो ।

समय निरन्तर परिवर्तनशील रहेको उल्लेख गर्दै उहाँले नयाँ वर्षलाई केवल औपचारिक रुपमा मात्र होइन, व्यवहार र कर्ममा सकारात्मक परिवर्तन ल्याउने अवसरका रुपमा लिनुपर्नेमा जोड दिनुभयो । “नयाँ वर्षमा अवगुण त्यागेर सद्गुण अपनाउने संकल्प गर्छौं, तर व्यवहारमा परिवर्तन नल्याएसम्म जीवनमा वास्तविक सुख सम्भव हुँदैन,” उहाँले बताउनुभयो ।

यसैबीच, उहाँले कक्षा ५ र ८ को नगरस्तरीय परीक्षामा सन्त निरंकारी आदर्श विद्या मन्दिरका विद्याथीहरुले उत्कृष्ट नतिजा ल्याएकोमा खुशी व्यक्त गर्दै दुवै कक्षामा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरुलाई धन्यवाद दिनुभयो । साथै, विद्यालयका प्रधानाचार्य र लेखापालप्रति पनि विशेष आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय सन्त–भक्तहरुले भजन तथा प्रवचनमार्फत आफ्ना आध्यात्मिक भाव व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन लाल रावलले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।