आस्था /आध्यात्म

कैलाशश्वर शिव मन्दिर निर्माणका लागि शिलान्यास सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २१ असार । कैलाशश्वर शिव मन्दिर निर्माणका लागि आज आयोजित विशेष समारोहबीच शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

लोक कल्याणकारी विज्ञापन

संघीय सांसद माननीय कोमल गेवाली सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा टीकापुर नगरपालिका–१ का वडा अध्यक्ष मोहन लोहार, पूर्वमेयर, जनप्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, विशिष्ट अतिथिहरू तथा ठूलो संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति रहेको थियो।

लोक कल्याणकारी विज्ञापन

कार्यक्रममा बोल्दै सांसद कोमल गेवाली सुवेदीले कैलाशश्वर शिव मन्दिर देश तथा विदेशमा समेत परिचित धार्मिक आस्थाको केन्द्र रहेको बताउनुभयो। उहाँले विभिन्न प्रसिद्ध धार्मिक गुरु तथा साधुसन्तहरूले यस पवित्र स्थलमा आगमन गरी यसको धार्मिक महत्त्वलाई अझ उचाइमा पुर्‍याएको उल्लेख गर्नुभयो। कर्णाली नदीको पवित्र तटमा अवस्थित यस क्षेत्रमा आज पनि सुन भेटिने विश्वास रहँदै आएको उल्लेख गर्दै उहाँले कैलाशश्वर शिव मन्दिर केवल आस्थाको केन्द्र मात्र नभई टीकापुरको इतिहास, सभ्यता र सामूहिक पहिचानको जीवित प्रतीक भएको धारणा व्यक्त गर्नुभयो।

बिज्ञापन

त्यसैगरी, वडा अध्यक्ष मोहन लोहारले मन्दिर निर्माणका लागि टीकापुर नगरपालिकाबाट उपलब्ध गराउनुपर्ने आर्थिक तथा प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो। उहाँले धार्मिक, पर्यटकीय तथा शैक्षिक नगरका रूपमा टीकापुरलाई विकास गर्ने लक्ष्यसहित नगरपालिका विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा कैलाशश्वर शिव मन्दिर निर्माणका लागि सहयोग पुर्‍याउने सम्पूर्ण दाताहरू, सहयोगी संस्था तथा व्यक्तित्वहरूप्रति कैलाशश्वर शिव मन्दिर परिवारले हार्दिक आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि मन्दिर निर्माण कार्यमा सबै पक्षबाट निरन्तर सहयोग र सहभागिताको अपेक्षा गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन