टीकापुर

टीकापुर–६ वडा कार्यालय परिसरमा वर–पिपल रोपण, हरियाली प्रवर्द्धनमा जोड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २० साउन । टीकापुर नगरपालिका–६ वडा कार्यालय परिसरमा बुधबार वर र पिपलका बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीय समाजसेवीको सहभागिता रहेको थियो।

कार्यक्रम वडा अध्यक्ष वलिराम चौधरीको सल्लाह तथा पहलमा सम्पन्न भएको हो। वृक्षरोपणमा वडा सचिव मटराम चौधरी र समाजसेवी देवबहादुर बुढाथोकीसहित अन्य सहभागीहरूले बिरुवा रोपेका थिए।

कार्यक्रमका सहभागीहरूले वातावरणीय सन्तुलन कायम राख्न, हरियाली विस्तार गर्न तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न वृक्षरोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

स्थानीय तहले सार्वजनिक स्थलमा वृक्षरोपणलाई अभियानका रूपमा अघि बढाउँदै वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।