घटना

सानीभेरीमा जिप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु, ९ घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत, २८ भाद्र । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

आइतबार कोटगाउँबाट सानीभेरी गाउँपालिका–९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन। मृतकमध्ये एक जना जिप चालक र अर्की एक महिला रहेको सानीभेरी–६ का वडाध्यक्षले जानकारी दिएका छन्।

जिपमा ११ जना सवार रहेको बताइएको छ। दुर्घटनामा जिपका साहुसहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेको थियो। थप उद्धार तथा अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा प्रहरी टोली पनि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।

दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।