मनिकापुरका रसुवा–भोटेकोशी पीडितलाई दक्षिण कोरियाबाट ३५ हजार सहयोग

टीकापुर, १० असोज । टीकापुर–५ मनिकापुरका तेजराज चौधरीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित आफ्नै वडाका सात परिवारलाई ३५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। हाल दक्षिण कोरियामा रहेका चौधरीले पीडित परिवारलाई जनही ५ हजार रुपैयाँका दरले सहयोग गरेका हुन्।



टीकापुर–५ वडा कार्यालयमा आयोजित राहत वितरण कार्यक्रममा वडाध्यक्ष बलबीर थारुको रोहवरमा सातै परिवारलाई उक्त रकम वितरण गरिएको हो। विपद्का कारण आफन्त गुमाएका तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले व्यक्तिगत रूपमा सहयोग गरिएको चौधरीले बताएका छन्।


यसअघि पनि टीकापुर–५ मा बाढीपीडित परिवारका लागि स्थानीयस्तरबाट राहत संकलन गरिएको थियो। केही दिनअघि वडा क्षेत्रका विभिन्न टोल विकास संस्थाले संकलन गरेको रकम बाढीपीडित परिवारलाई वितरण गरिएको थियो। स्थानीय टोल विकास संस्था तथा सर्वसाधारणबाट संकलित रकम प्रभावित परिवारको आवश्यकताअनुसार वितरण गरिएको वडा कार्यालयले जनाएको छ।


विपद्को समयमा स्वदेश तथा विदेशमा रहेका स्थानीयबाट प्राप्त सहयोगले प्रभावित परिवारलाई राहत पुगेको वडाध्यक्ष थारुले बताए। उनले पीडित परिवारलाई सहयोग गर्ने चौधरीलगायत सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरे।टीकापुर, १० असोज


You must be logged in to post a comment.