सहयोग तथा उदार

बाब्ली एकता समाज मुम्बईद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३१ हजार सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई । अछामको साफेबगर नगरपालिका–१३ बाब्लालाई पुर्ख्यौली थलो बनाएका बाब्ली परिवारको साझा संस्था बाब्ली एकता समाज मुम्बईले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ३१ हजार ३ सय ७९ रुपैयाँ सहयोग गरेको छ।

लोक कल्याणकारी विज्ञापन

समाजका अध्यक्ष ज्योति बाब्लीका अनुसार विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरी कोषमा जम्मा गरिएको हो। उनका अनुसार सन् २०१२ मा स्थापना भएको समाजले शिक्षा, स्वास्थ्य, धार्मिक तथा सामाजिक क्षेत्रमा सेवा गर्दै आएको छ। विपद्का बेला मानवीय सेवामा अग्रसर हुनु समाजको प्रमुख उद्देश्य रहेको उनले बताए।

लोक कल्याणकारी विज्ञापन

सहयोग अभियानमा समाजका कोषाध्यक्ष करण बाब्ली, सचिव महेश बाब्ली, इन्जिनियर प्रेम बाब्ली, मान सी बाब्ली, रंगनाथ बाब्ली तथा समाजसेवी जगदीश उज्वल बाब्ली लगायतले सक्रिय भूमिका निर्वाह गरेका थिए।

लोक कल्याणकारी विज्ञापन

समाजले अभियानमा साथ दिने सदस्य, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD