घटना

ककपिटमै सहपाइलटको आक्रमण, ३० सेकेन्डमै १४ हजार फिट तल झर्‍यो विमान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । दुबईबाट तेल अभिवतर्फ उडिरहेको फ्लाईदुबईको विमानमा ककपिटभित्रै दुई पाइलटबीच भएको हिंसात्मक घटनापछि विमान करिब ३० सेकेन्डमै १४ हजार फिट तल झरेको छ। विमानमा रहेका यात्रु र चालक दलका सदस्यको तत्कालको प्रयासपछि ठूलो दुर्घटना टरेको हो।

लोक कल्याणकारी विज्ञापन

फ्लाईदुबईको उडान FZ1073 मा बुधबार घटना भएको हो। विमान दुबईबाट तेल अभितर्फ जाँदै गर्दा ककपिटमा सहपाइलटले भारतीय मूलका क्याप्टेन स्मित मच्छारमाथि धारिलो हतियारले आक्रमण गरेको आरोप छ। घटनापछि विमान करिब ३३ हजार फिटबाट केही समयमै १७ हजार फिट आसपासमा झरेको उडान ट्र्याकिङ विवरणमा उल्लेख छ।

लोक कल्याणकारी विज्ञापन

आक्रमणमा घाइते भएका क्याप्टेन मच्छारले ककपिटको ढोका खोल्न सफल भएपछि विमानमा रहेका यात्रु र चालक दलका सदस्य ककपिटभित्र पुगेका थिए। उनीहरूले आक्रमणमा संलग्न सहपाइलटलाई नियन्त्रणमा लिए। विमानमा संयोगवश दुई अतिरिक्त फ्लाईदुबई पाइलटसमेत रहेका थिए। उनीहरूले विमानको नियन्त्रण सम्हालेपछि साउदी अरबको ताबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो।

लोक कल्याणकारी विज्ञापन

विमानमा १७४ यात्रु थिए। घटनामा यात्रुहरू गम्भीर रूपमा घाइते नभएको र विमान सुरक्षित रूपमा ताबुकमा अवतरण गरेको अधिकारीहरूले बताएका छन्। क्याप्टेन मच्छारसहित दुई चालक दलका सदस्यलाई उपचारका लागि अस्पताल लगिएको थियो। मच्छारको अवस्था स्थिर रहेको भारतीय दूतावासले जनाएको छ।

घटनापछि विमानले आपत्कालीन संकेत प्रसारण गरेको थियो। प्रारम्भमा सामान्य आपत्कालीन संकेत ७७०० र पछि गैरकानुनी हस्तक्षेप जनाउने ७५०० संकेत प्रसारण भएको बताइएको छ। घटनाको कारण र सहपाइलटको उद्देश्यबारे भने अनुसन्धान भइरहेको छ। फ्लाईदुबईले पनि घटनाको कारण र उद्देश्यबारे निष्कर्षमा पुग्नुअघि अनुसन्धान पूरा हुनुपर्ने जनाएको छ।

घटनापछि यात्रुहरूलाई अर्को विमानमार्फत तेल अभिव पुर्‍याइएको थियो। क्याप्टेन मच्छारको साहस तथा यात्रु र अतिरिक्त चालक दलको तत्काल प्रतिक्रियाले ठूलो हवाई दुर्घटना टरेको अधिकारी तथा यात्रुहरूले बताएका छन्।

लोक कल्याणकारी विज्ञापन
AD